काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र स्थानीय बासिन्दा लागि साधारण शेयर निष्काशन गरेको छ ।
कम्पनीले चुक्तापुँजी १ अर्ब रुपैयाँ बराबरको २५ प्रतिशतले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दाका लागि कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर बिक्रिका लागि निष्काशन गरिएको छ ।
त्यस्तै आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि २ लाख ८५ हजार ७२० कित्ता सेयर बिक्री खुला गरिएको छ । यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।
त्यस्तै कम्पनीले सर्वसाधारणलाई छुटया्ईएको साधारण शेयर मघ्ये १५ प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारी रहेका नेपालीहरुको लागि लागि छुटा्यएको छ ।
निष्कासित शेयरमा स्थानीयले आगामी साउन १८ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे भदौ १ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
त्यस्तै,वैदेशिक रोजगारीमा रहेकाहरुले साउन १८ गतेसम्म सम्ममा आवेदन दिन सक्नेछन्।
स्थानीय लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगार रहेका नेपालीहरुले १०० रुपैयाँका दरले १० कित्ता देखि १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
स्थानीयले सानिमा क्यापिटल, आयोजनास्थलस्थित कार्यालय र सानिमा बैंकको विदूर शाखा, किस्पाङ शाखा र धुन्चे शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।