काठमाडौ । सानिमा हाइड्र्रोपावर कम्पनी र कान्तिपुर टेलिभिजन नेटर्वकले आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
सानिमा हाइड्र्रोपावरले जेठ २६ गते र कान्तिपुर टेलिभिजन नेटर्वकले जेठ २८ गते साधारण सेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने निवेदन दिएका हुन् ।
सानिमाले अंकित मूल्य १०० रुपैयाँमा २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने बोर्डसमक्ष निवेदन दिएको हो ।
सानिमाले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने अनुमति मागेको हो ।
त्यस्तै,कान्तिपुर टेलिभिजन नेटर्वकले अंकित मूल्य १०० रुपैयाँमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने बार्डसँग माग गरेको छ ।
यी दुवै कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यपिटल लिमिटेड रहेको छ ।