काठमाडौं । सोमबार  सेयर बजार  परिसूचक नेप्से  ९२.४२ अंकले बढेर  २५९६.०१ अंकमा पुगेको छ।
२०५ कम्पनीको १० अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ ५७, ब्यापार ७१ , होटल २४, विकास बैंक ४९, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन ४४, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका  छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीमा भने वित्तीय संस्थाहरु  अगाडी रहेका छन्। निर्धन उत्थान लघुवित्तको  ७० करोड रुपैयाँको किनबेच भएको छ भने नबिल बैंकको ६८ करोड, छिमेक र डिप्रोक्सघ लघुवित्तको समान ४७ / ४७ करोड र ग्लोबल आइएमई बैंकको ४६ करोड रुपैयाँको खरिदबिक्री भएको छ।