२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने

दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने


काठमाडौं । दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभल्पमेन्टको सेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

यी दुई कम्पनीको आईपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।  कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ

नेप्सेमा दोल्ती पावर कम्पनीको कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३७ लाख ५५ हजार ४०२ कित्ता, सर्वसाधारणको (वैदेशिक रोजगारी रहेका नेपाली, स्थानीय वासिन्दा,कर्मचारी र सामुसहिक लगानी कोष समेत) १६ लाख ९ हजार ४५८ कित्ता रहेको छ ।

नेप्सेले यो कम्पनीलाइई डोओएलटीआई कारोबार संकेत प्रदान गरेको छ ।

पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ८७ रुपैयाँ र अधिकतममा २६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

त्यस्तै, भुगोल इनर्जी डेभल्पमेन्ट कम्पनीको कुल ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता, सर्वसाधारणको (वैदेशिक रोजगारी रहेका नेपाली, स्थानीय वासिन्दा,कर्मचारी र सामुसहिक लगानी कोष समेत) १६ लाख ३२ हजार १६० कित्ता रहेको छ ।

नेप्सेले यो कम्पनीलाइई बीईडीसी कारोबार संकेत प्रदान गरेको छ ।

पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६७.६३ रुपैयाँ र अधिकतममा २०२.८९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यदि बिहीबार स्पेसल प्रि-ओपन सेसनमा यी दुई कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ