२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली


काठमाडौं । आज नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आएर रोकिएको छ ।

आजको दिन सेयर बजारमा २१७ कम्पनीको सेयरको मूल्य बढेको छ भने ३ कम्पनीको शेयरको मूल्य घटेको छ । आजको दिन नेप्सेमा १३ वटै उपसमुहमा हरियाली छाएको छ ।

सेयर बजारमा कारोबारमा आएका २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१.५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शिवम सिमेन्टको कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको १५ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । त्यस्तै आज सोल्टी होटलको ८ करोड १३ लाख १४ हजार रुपैयाँ, चिलिमी हाइड्र्रोपावरको ६ करोड ५४ लाख ९९ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ६ करोड २१ लाख ६५ हजार रुपैयाँ बराबरको करोबार भएको छ ।

आजको दिन आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर १० प्रतिशत र सामुदायिक लघुवित्तको ९.८७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेस फण्डको ९.८० प्रतिशतले बढेको छ ।

साथै,१२ प्रतिशत आईसी एफसी फाइन्नस लि डिबेन्चरको १.९६ प्रतिशत र लक्ष्मी इक्यिुटी फण्डको मूल्य १.९३ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ