काठमाडौँ । लगानीकर्ताहरुले काठमाडौका अधिकांश ब्रोकर कार्यालयहरुमा ताला लगाएका छन् ।
यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।
लगानीकर्ताहरुले आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको मागे गरेका छन् । उक्त बुँदामार्फत व्यावसायिक सेयर कारोबार सरह आयकर लागिएको भदै आन्दोलनमा उत्रिएका हुन ।
लगानीकर्ताले उपत्यका बाहिरका जिल्लाहरुमा पनि तालाबन्दी गर्ने बताएका छन् । आफुहरुले लगाएको ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम ब्रोकर कम्पनी नै हुने लगानीकर्ताले बताएका छन ।
लगानीकर्ताले पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि बताएका छन् ।
लगानीकर्ताले ब्रोकर कार्यालयमा ताला लगाए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला राखेता पनि न्युन मात्रामा सेयर कारोबार भइरहेको छ ।
अहिले अर्थ मन्त्रालयमा रुष्ट लगानीकर्ता र सरकारबीच छलफल चलिरहेको छ ।