२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसेयर बजारको उकालो यात्रा कायमै

सेयर बजारको उकालो यात्रा कायमै


काठमाडौं । आज नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा आएर रोकिएको छ ।

आजको दिन सेयर बजारमा १३१ कम्पनीको सेयरको मूल्य बढेको छ भने ८३ कम्पनीको शेयरको मूल्य घटेको छ । साथै ७ कम्पनीको सेयरको मूल्य स्थिर छ ।

आजको दिन कारोबारमा आएका २७१ कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३ हजार १२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शिवम सिमेन्टको कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । त्यस्तै आज नेसनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख ७१ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८१ लाख २९ हजार रुपैयाँ बराबरको करोबार भएकाे  छ ।

त्यस्तै सोल्टी होटेलको ५ करोड ६८ लाख १९ हजार रुपैयाँ, ओरियन्टल होटेलको होटेल्सको ४ करोड ६० लाख ९० हजार रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ४३ लाख ३८ रुपैयाँ बराबरको करोबार भएकाे  छ ।

आजको दिन आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशत युनिलिभर नेपाल ९.९६ प्रतिशत र शिवम सिमेन्टको ६.७६ प्रतिशतले बढेको छ ।

साथै सानिमा इक्विटी फण्डको ३.७७ प्रतिशत, अजोड इन्स्योरेन्सको ३.६३ प्रतिशत र सुुपर मादी हाइड्र्रोपावरको सेयरको मूल्य ३.४० प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ