२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारउच्च अंकले बढ्यो नेप्से परिसूचक, सबै समूहमा हरियाली

उच्च अंकले बढ्यो नेप्से परिसूचक, सबै समूहमा हरियाली


काठमाडौं । आज नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा आएर रोकिएको छ ।

आजको दिन सेयर बजारमा १३ उपसूचकहरुमा  हरियाली छाएकाे छ ।  २१९ कम्पनीको सेयरको मूल्य बढेको छ भने २ कम्पनीको शेयरको मूल्य घटेको छ । साथै १ कम्पनीको सेयरको मूल्य स्थिर छ ।

आजको दिन कारोबारमा आएका २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शिवम सिमेन्टको कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको १० करोड ५ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । त्यस्तै आज नेपाल टेलिकमको ८ करोड ९९ लाख २७ हजार रुपैयाँ,एनआईसी एसिया बैंकको ७ करोड २३ लाख ६१ हजार रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ७ करोड १९ लाख ९७ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरका कारोबार भएको छ।

 

आज बजारमा कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै सामुदायिक लघुवित्तको ९.९९ प्रतिशत र रिभर फल्स पावर कम्पनीको ८.३७ प्रतिशतले बढेको छ ।

साथै आजको दिन सनराइज फस्ट म्युचुअल फण्डको मूल्य २ प्रतिशत र ग्लोबल आईएमई बैक डिम्बेचर २०८७/०८८को १.९८ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ