काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर जारी गर्ने लागेको हो ।
त्यस्तै सर्वसाधारणलाई छुट्याएको १ लाख २१ हजार ८६७ कित्ताको १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको कम्पनीले जनाएको छ ।
सो शेयरमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ साविकको सुष्पा क्षमावती गाविसका सम्पूण वडाहरु तथा भिमेश्वर नगरपालिका वडा नं. १ साविकको सुद्रावती गाविसका सम्पूण वडाहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अंकित मूल्य १०० रुपैयाँका दरले १० कित्ताका देखि १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १ गते हुनेछ भने ढिलोमा असार १७ गते हुने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १ गतेभित्र आवेदन दिनु पर्नेछ।
साधारण सेयर निष्कासनका लागि कुथेली बुखरी स्मल हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।