काठमाडौं । लगातर घटेको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ । आजको दिन दिन नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा आएर रोकिएको छ ।
आजको दिन सेयर बजारमा १३ उपसूचकहरु हरियाली भएको छ । १६१ कम्पनीको सेयरको मूल्य बढेको छ भने ५० कम्पनीको शेयरको मूल्य बढेको छ । साथै ८ कम्पनीको सेयरको मूल्य स्थिर छ ।
आजको दिन कारोबारमा आएका २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ६ करोड ९६ लाख २५ हजार ९१३ रुपैयाँको सेयर बिक्री भएको छ। त्यस्तै शिवम सिमेन्ट्कोे ४ करोड ४६ लााख ६५ हजार ६३३ रुपैयाँ, स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख २५ हजार ८१० रुपैयाँ , नबिल बैंकको २ करोड ३ लाख ८७ हजार ९५९ रुपैया र हिमालयन डिस्टिलरीको १ करोड ८७ लाख ४० हजार ७४३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज युनिक नेपाल लघुवित्तको ८.६८ प्रतिशत सिटिज्नस म्युचुअल फण्ड २ को ४.३२ प्रतिशत र सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको सेयरको मूल्यमा २ ३.३२ प्रतिशतले घटेको छ । त्यस्तै, पिपुल्स पावर कम्पनीको ६.४७ प्रतिशत, कालिन्चोक दर्शन प्रा.लिको ६.६५ प्रतिशत र सिभिल लघुवित्तको ४ं.०५ प्रतिशतले बढेको छ ।