काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आजको दिन नेप्से परिसूचक १९.१२ अंकले ओरालो लागेर १८५०.६१ विन्दुमा आएर रोकिएको छ ।
आजको दिन १३ उपसूचकहरु राताम्मै भएको छ ।
आज १८८ कम्पनीको सेयरको मूल्यमा ओरालो लागेको छ भने २३ कम्पनीको शेयरको मूल्य भो बढेको छ । साथै ८ कम्पनीको सेयरको मूल्य स्थिर छ । आजको दिन कारोबारमा आएका २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शिवम सिमेन्ट्को सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ३ करोड २२ लाख ३७ हजार ६०९ रुपैयाँको सेयर बिक्री भएको छ। त्यस्तै मकर जितुवा सुरी हाइड्रोपावरको १ करोड ८९ लााख ७६ हजार १०३ रुपैयाँ, नबिल बैंकको १ करोड ६८ लाख ७० हजार रुपैयाँ ,एनआईसी एसिया बैंकको १ करोड ५४ लाख ७० हजार ६३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको दिन बजारमा आत्मनिभर लघुवित्तके ८.२२ प्रतिशत, स्र्टन हाइड्रोपावरको ७.६१ प्रतिशतले बढेको छ । यस्तै, एनएमबी डिबेन्चर ८.३३ पतिशत र मकर जितुवा हाइडोपावरको ८.३१ प्रतिशतले शेयर घटेको छ ।