काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले जेठ १ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र स्थानीय बासिन्दा लागि साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले चुक्तापुँजी २२ करोड रुपैयाँ बराबरको १० प्रतिशतले हुन आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० कित्ता साधारण सेयर स्थानीय बासिन्दाको लागि निष्कासन गर्ने लागेको हो ।
कम्पनी जारी गरेको साधारण शेयरमा लमजुङ जिल्ला मर्स्याङ्दी गापा (साबिक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का स्थानीयले आवेदन दिन पाउनेछन्।
त्यस्तै कम्पनीले सर्वसाधारणलाई छुटया्ईएको साधारण शेयर मघ्ये १० प्रतिशतले हुन आउने ६ लाख ६५ हजार रुपैयाँ बराबरको ६५ हजार कित्ता शेयर वैदेशिक रोजगारी रहेका नेपालीहरुको लागि लागि छुटा्यएको छ ।
निष्कासित शेयरमा स्थानीयले आगामी जेठ १६ गते सम्म आवेदन दिन पाउनेछन् र सो अवधिमा माग बमोजिम आवेदन नपरे जेठ ३० गतेसम्ममा आवेदन दिन सकिनेछ ।
त्यस्तै,वैदेशिक रोजगारीमा रहेकाहरुले जेठ १ गतेसम्म देखि जेठ १६ गते सम्ममा आवेदन दिन सक्नेछन्।
स्थानीय लगानीकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्ता देखि १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगार रहेका नेपालीहरुले १०० रुपैयाँका दरले १० कित्ता देखि ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
साधारण सेयर निष्कासनका लागि अपर स्याङ्गे हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल रहेको छ ।