२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको अन्तिम दिन नेप्सेमा २९.८३ अंकको गिरावट

साताको अन्तिम दिन नेप्सेमा २९.८३ अंकको गिरावट


काठमाडौँ । साताको अन्तिम दिन नेप्से २९.८३ अंकले घटेर २०३८.६३ बिन्दुमा बन्द भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुने समयसम्म २९.८३ अंकले ओरालो लागेको हो।

आज नेप्सेमा ९८ लाख ६० हजार ५ सय ३६ कित्ता सेयर किनबेच भई ५ अर्ब ३६ करोड ९ लाख ४६ हजार ३ सय २२ रूपैयाँको कारोबार भएको छ।

आज होटल र व्यापार समूहमा भने सुधार आएको छ भने अन्य सबै समूहमा गिरावट आएको देखिन्छ। सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ। सेयर बजार घटे पनि आज सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता ११ रूपैयाँले बढेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ