२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारतत्काल ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रीको निर्देशन

तत्काल ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रीको निर्देशन


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा शुक्रबार भएको बैठकमा तत्काल बा्रेकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेल निर्देशन दिदैं ‘कमिसन घटाउन समय धेरै लिनु आवश्यक छैन, तत्काल कमिसन घटाउने काम गर्नुहोस्,’ उनले भने ।

आवश्यक पर्ने नीति नियम परिवर्तन लगायतका काम समेत छिटो सक्न र पूँजी बजारमा देखिएको समस्या समाधान गर्न समेत सरोकारवाला निकायलाई अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य लगायतका अधिकारीहरुको सहभागी थिए ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ