२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से परिसूचक १८.०९ अंकले बढ्यो, ५ अर्ब बढीको कारोबार

नेप्से परिसूचक १८.०९ अंकले बढ्यो, ५ अर्ब बढीको कारोबार


काठमाडौं -आज नेप्से परिसूचक १८.०९ अंकले बढेर २१४३.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ०.८५ प्रतिशतले सेयर बजार बढेकोे हो ।

बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो । आज २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँमा किनबेच भएको छ ।

बजारमा आज १४७ कम्पनीकाे सेयरकाे मूल्य बढेकाे   छ भने जम्मा ६२ कम्पनीकाे सेयरकाे मूल्य घटेकाे   छ । आजको दिन बैंकिङ र अन्य बाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार ४८७ रुपैयाँ र एनआईसी बैंकको ११ करोड ८४ लाख ७८ हजार ६६५ रुपैयाँ बराबरकोे सेयर बिक्री भएको छ ।

यता, चन्द्रगिरी हिल्स, बुद्ध भूमी नेपाल हाइड्रो पावर, धौलागरी लघुवित्त बित्तीय संस्था, खप्तड लघुवित्त बित्ती संस्था लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ