काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम भने निकै भएको छ । सोमबार नेप्से ४.२२ अंकले बढेर परिसूचक १६५२.८० बिन्दुमा रोकिएको छ ।
१९५ कम्पनीको १ करोड ३५ हजार ३१३ कित्ता सेयर ३ अर्ब ६९ करोड ९८ लाख ८० रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त कम्पनी, जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ५५ करोड १ लाख ८१ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेको छ ।
कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
घलेम्दी हाईड्रो, पाँचथर पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टन कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।