२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको चौथो दिन सेयर बजार सामान्य घटियो

साताको चौथो दिन सेयर बजार सामान्य घटियो


काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार सामान्य घटेको छ । नेप्से २.३९ अंकले घटेर परिसूचक १६४०.६४ बिन्दुमा बन्द भएको छ ।

२०१ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्ला दिनको तुलनामा यो दिन कारोबार रकम भने घटेको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ३.०४, विकास बैंक ११.४२, निर्जीबन बीमा ८८.६८, माइक्रोफाइनान्स ३.६६, जीवन बीमा समूहको उपसूचक १२.६७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्राइम कमर्शियल बैंक रहेको छ । बैंकको ९ करोड ५ लाख ३३ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा अरुण काबेली पावर र नेपाल दुरसञ्चार कम्पनी रहेको छ ।

बिशाल बजार कम्पनी, सानिमा जनरल इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ