२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमामहालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जेठ २६ गते काठमाडौंको धुम्बाराहीस्थित होटल अकामा सम्पन्न सभामा अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतविेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिती र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत बार्षिक प्रतिवेदन सहित आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य विवरण पास गर्‍यो ।

सभामा प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स एक आपसमा मर्ज गर्ने र मर्जर पछी कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड ” कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १ बराबर १ कायम गरी गाभ्ने र गाभिने दुबै कम्पनी एक आपसमा गाभ्दा गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ती दायित्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षाक र नजिको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

कार्यक्रमको अन्त्यमा संचालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेपछी साधारण सभा सम्पन्न भएको थियो ।

सभा कम्पनी सचवि कमल पन्थीले संचालन गरेका थिए । उनले बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकिकृत कारोबार सम्पन्न हुने जानकारी गराएका थिए ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ