काठमाडौ । एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्न प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकै दिन छुट्टा छुट्टै विशेष साधारणसभा गर्ने भएका छन् ।
यही जेठ २६ गते प्रभु लाइफ इन्स्योरेन्सकाे साधारण सभा लैनचौरस्थित लैैनचौर व्याङ्क्वेटमा र महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे धुुम्बाराहीस्थित होटल अकामामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
एकआपसमा १ बराबर १ को सेयर स्वाप कायम हुने गरी गाभ्ने गाभिने प्रस्ताव दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले अनुमोदन गर्नेछ । दुवै इन्योरेन्स कम्पनीको मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ ।
सभाले मर्ज भएपछि बन्ने कम्पनीका सञ्चालक समितिमा कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई प्रत्योयोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।
यी दुई इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।