काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्मपन्न भएको छ।
सोमबार काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा सम्पन्न उक्त सभाले यूनाइटेड इन्स्योरेन्स र. अजोड इन्स्योरेन्सबीच आपसमा गाभ्ने/गाभिने सम्बन्धी निम्न लिखित विशेष प्रस्तावहरु उपर छलफल गरी पारित गरेको छ
सभाले यी दुई इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात बन्ने कम्पनीको नाम “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” कायम हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
यी दुई इन्स्योरेन्स कम्पनीबीच शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी गाभ्ने /गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरियो ।
यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सहमति पत्र, अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूणर् काम कारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लि.एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागी दुबै कम्पनीको चल /अचल सम्पति दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक/मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ ।
यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत समेत फेरवदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरको छ ।