२०८२ असार २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमायूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न


काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज वैशाख ६ गते भैरहवामा सम्पन्न भएको छ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स , प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।
त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

सभाले तीनवटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र ,सहमतिपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही / प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा ्हुने फेरबदल, तथा संचालक समितिको कार्यकाल प्रस्ताव समेत पारित गरेको छ ।

यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पुँजी संरचना परिर्वतन लगायतका सम्पूणर् प्रस्ताबहरु सर्वसम्मत रुपमा पारीत गरेको छ ।

 


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ