काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले व्यवस्थापन पक्षको कार्यशैली प्रति आपति जनाउदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल लाइफ इस्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले व्यवस्थापन पक्षले कर्मचारीको मर्म विपरीत कार्य गरेको आरोप लगाउदै कर्मचारीको हकहित तथा अधिकारप्राप्तिको लागि व्यवस्थावपन पक्ष विरुद्ध संघर्ष कार्यक्रम गर्नु परेको जनाएको छ ।
युनियनले व्यवस्वथापन पक्ष समक्ष कर्मचारीका सेवा सुविधा नघटाउन, कम्पनीमा स्थापनकाल देखि श्रम गदै आएका कर्मचारीलाई पहिलो प्राथमिकता दिन पटक पटक मौखिक तथा लिखित रुपमा ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरेको हुदाँ बाध्य भई व्यवस्थापन पक्ष विरुद्ध संर्घषका कार्याक्रम गर्नु परेको जनाएको छ ।
त्यस्तै, व्यवस्थापन पक्षले कर्मचारी विनियावली संसोधन गर्दा युनियनसँग समन्वयन गर्ने नगरेको , कर्मचारी नियुक्ती गर्दा कुनैपनि प्रकृया पूरा नगरी असक्षम व्यक्तिलाई सिधै दूई/तीन तहमा नियुक्ती गर्ने गरेको युनियनको आरोप छ ।
युनियनले पौष ३ गते आइतबारदेखि सम्पूर्ण माग सम्बोधन नभएसम्मको लागि व्यवस्थापनबाट गरिएको सम्पूर्ण भौतिक तथा भर्चुबल कार्यक्रम बहिष्कार गदै पहिलो चरणका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
युनियनले यी संघर्षका कार्यक्रमबाट माग सुनवाई नभएमा थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।