२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलघुवित्तप्रभु बैंक र सूर्योदय वोमि लघुवित्तकोे संस्थापक सेयर बिक्रिमा

प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तकोे संस्थापक सेयर बिक्रिमा


काठमाडाैं  । प्रभु बैंक र सूर्योदय वोमि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएका छन् ।

दुवै कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रि गर्ने निवेदन दिएकाले दुवै कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएका हुन ।

प्रभु बैंकको विभिन्न संस्थापकको ३ लाख ३२ हजार १४६ कित्ता र सूर्योदय वोमी लघुवित्तको कम्पनीको  ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

दुवै कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सम्बन्धित कम्पनीहरुको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी ३५ दिनभित्र आवेदन दिई सक्नुपर्ने छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडी बढाउने दुवै कम्पनीले जनाएका छन् ।


क्याटेगोरी : लघुवित्त, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ