२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलघुवित्तइन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा


काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ६६ हजार ९६२ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले संस्थाले असोज २५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदं गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने  संस्थाले  जनाएको छ ।


क्याटेगोरी : लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ