काठमाडौँ – सुनको भाउ बुधबार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ। मंगलबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।