२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटआईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक

आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक


काठमाडौं – मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् । कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ ।

योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ ।

प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ