गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग Karobarpati बुधबार, २०७८ जेठ १९ गते, ०८:२८ मा प्रकाशित काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन । फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १ करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ जानकारी गराएको छ । यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु. ५८ हजारका दरले करिव ६० लाख राहत उपलब्ध गराएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ/संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने गरेको छ । क्याटेगोरी : कर्पोरेट ट्याग : #आइएमई फाउन्डेसन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र