गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग Karobarpati बुधबार, २०७८ जेठ १९ गते, ०८:२८ मा प्रकाशित काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन । फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १ करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ जानकारी गराएको छ । यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु. ५८ हजारका दरले करिव ६० लाख राहत उपलब्ध गराएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ/संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने गरेको छ । क्याटेगोरी : कर्पोरेट ट्याग : #आइएमई फाउन्डेसन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज