२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटबोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड

बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड


काठमाडौं । बोटलर्स नेपाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानद्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बिएनएललाई यो अवार्ड प्रदान गरिएको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो। बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पोरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्दछ ।

“बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पोरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका-कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गछौ । हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं। ”

उक्त पुरस्कार  अर्थमन्त्री डा. प्रकाश शरण महतले आइक्यान द्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरे ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ