२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटखल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बीच डिजिटल रजिस्ट्रेसनका लागि विशेष साझेदारी

खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बीच डिजिटल रजिस्ट्रेसनका लागि विशेष साझेदारी


काठमाडौं । खल्ती प्रा.लि र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ।

यस साझेदारीले इ-स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी बिभिन्न सुविधाका माध्यमबाट इ-स्पोर्ट्स को पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ।

नेपाल इ-स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो जसले समान पहुँचको सुनिश्चितता गरी ई-स्पोर्ट्सलाई पनि महत्वपूणर् खेलको रूपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ।
यसबाहेक, खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपुणर् भुमिका खेल्नेछ।

साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको इ-स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ-स्पोर्ट्स एसोसिएसनसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यसबाहेक, हामी नेपालका गेमरहरूका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ ।”

नेपाल इ-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने, “नेपालमा इ-स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरूको समर्थनले इ-स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरैभर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022  बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ।

हाल खल्तीमा देशभरिका ३४ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ८५ हजार भन्दा बढी एजेन्ट, ६५ हजार भन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, १,१०० भन्दा बढी सहकारीहरू र ३००भन्दा बढी कर्मचारी को परिवार बनेको छ।

सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ