नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।
नेपाल एयरलाइन्सले आज एक विज्ञप्ति जारी गदै यही जेठ २९ गतेदेखि भैरहवा-मलेसिया र मलेसिया-भैरहवा-काठमाडौं रुटमा उडान सुरु गर्ने जनाएको छ ।
निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार ७०० सय कायम गरेको छ भने र मलेसिया-भैरहवा-काठमाडौंका लागि रु १४ हजार सात सय २० भाडादर कायम गरिएको छ ।
निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्नेछ ।
निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको १ उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निणर्य गरेको निगमले जनाएको छ ।