२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटथप २ जहाज खरिद गर्न निगमले बनायो उपसमिति

थप २ जहाज खरिद गर्न निगमले बनायो उपसमिति


काठमाडौं । नेपाल वायु सेवा निगमले थप २ वटा जहाज खरिद कार्ययोजना अघि बढाएको छ ।

निगमले आज एक प्रेस विज्ञप्ति जारी गदै नेपालको प्रादेशिक (.अन्तर प्रदेश) हावई कनेक्टिभिटी बढाउने उदेश्यले शहरी क्षेत्रका एयपोर्टमा उडान भर्ने सक्ने २ वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको जानकारी गराएको छ ।

जहाज खरिद गर्नका  लागि बैशाख २६ गते निगमका कार्यकारी अध्यक्ष युुवराज अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको विज्ञप्तिमा भनिएको छ ।

सहरी क्षेत्रका विमानस्थलमा चल्ने निगमका जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकेको र निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै यात्रुहरुलाई सेवा दिन सकिने निगमले जनाएको छ ।

 


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल वायु सेवा निगम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ