गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाल उद्योग परिसंघको आग्रह विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाल उद्योग परिसंघको आग्रह Karobarpati मंगलबार, २०७९ पुस १९ गते, १६:०६ मा प्रकाशित काठमाडौं- नेपाल उद्योग परिसंघ टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ । परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले बताए । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए । उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको Rebooting Nepalese Economy अवधारणा उपप्रधानमन्त्री श्रेष्ठसमक्ष पेस गरेका थिए । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याहरुको समाधान गर्दै अगाडि बढ्ने उल्लेख गरे । ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटवार्तामा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष सुशीलकुमार श्रेष्ठ सहभागी थिए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?