गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ अर्घाखाँची सिमेण्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउँदै अर्घाखाँची सिमेण्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउँदै Karobarpati सोमबार, २०७७ मंसीर २२ गते, १९:५३ मा प्रकाशित काठमाडौं। नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेण्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले लगभग एक करोड रुपैँया बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमबार शिलान्यास गरेका छन् । निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आºनो ब्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । “यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ,” अग्रवालले बताए, “तसर्थ, यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खड्किएकाले सोलाई परिपूर्ती गर्नका लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।” अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धीत गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए । उनले भने “यस स्वास्थ्य केन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं ।” सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले बिगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पुर्याउँदै आइरहेको छ । यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँया तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपैँया बराबरको नगद सहयोग प्रदान गर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका – तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीका – का बिपन्न बर्गका घरपरिवारका लागि करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ । । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ५ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ६ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात