काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।
ढकालले एशोसिएटमा कुल सदर मत ८ सय ९७ मध्ये ५ सय २२ अर्थात् ५८. १९ प्रतिशत मत पाए भने उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले ३ सय ७४ मत पाएका छन् ।
वस्तुगतमा ढकालले ५६ मत पाए भने प्रधानले ३९ मत प्राप्त गरेका थिए । वस्तुगतमा ढकालले पाएको मत कुल सदर मतको ६०.२० प्रतिशत हो । जिल्ला(नगरतर्फ खसेको कुल १०५ भोटमा ढकालले ५२ र प्रधानले ५३ मत पाए ।
ढकाल निर्वाचित भएपछि आइतबारदेखि अध्यक्ष बनेका शेखर गोल्छाले बधाई दिएका छन् । ढकाल मुलुककै पहिलो रेमिटेन्स आइएमईमार्फत आफ्नो व्यवसायिक यात्रा तय गरेका थिए।
ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन्।