२०८१ जेठ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटमहासंघको मतदान सम्पन्न ,५ :३० बजेबाट मतगणना 

महासंघको मतदान सम्पन्न ,५ :३० बजेबाट मतगणना 


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान कार्य सम्पन्न भएको छ । मुलुककभरबाट काठमाडौंमा आएका १ हजार १ सय १६ जना मतदाताले चुनावमा मतदान गरेका छन् ।

महासंघको निर्वाचन समितिले दिएको जानकारी अनुसार साँझ  ५ :३० बजेबाट प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरु हुने छ ।

कोरोना संक्रमणको बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा गरि तीन ठाउँबाट मतदान भएको छ ।

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार १ सय १६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ