२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटशिवम् सिमेन्ट्स पाँचौ बार्षिक साधारण सभा सम्पन्न

शिवम् सिमेन्ट्स पाँचौ बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । शिवम् सिमिन्ट्स लिमिटेडले आ.व २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ  । वार्षिक साधारण सभा आज कार्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पोरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा जुम मार्फत भएको थियो ।

कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४ अर्व ४० करोड को २४.२१ नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीको सक्रियता पूर्वक सहभागिता रहेको थियो ।

सहभागि शेयरधनीहरुले कम्पनीले कोरोना संक्रमणका बीचमा पनि सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूणर् पालना गर्दै जुम मार्फत समेत सहभागि गराई समयमै साधारण सभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको, साथै कम्पनीको समग्र लक्ष्य हासिल गर्न सहज होस् भन्ने लगायतका शुभकामना मन्तव्य राखेका थिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ