२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटआईपे रेमिटको दशैं तिहार अफर

आईपे रेमिटको दशैं तिहार अफर


काठमाडौं । आईपे रेमिट प्रा.लि. ले दशैं, तिहार र छठलाई लक्षित गरी ‘आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो’ भन्ने विशेष उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत कात्तिक १ गते देखि मंसिर ५ गतेसम्म आई पे रेमिट को मलेसिया लगायत विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् ।

 

यो उपहार कार्यक्रममा दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नेछन् भने साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्ने छन् र १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्नेछन् यो योजनाका सम्पूणर् उपहार विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ तथा सोको जानकारी आई पे रेमिटको आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

आई पे रेमिटले आफ्नो स्थापना काल देखि नै ग्राहकहरुलाई छिटो, छरितो तथा सर्वसुलभ रुपमा आफ्ना देशभरि छरिएर रहेका १० हजार साझेदारहरुबाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको जारी कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ