गृहपृष्ठ ∕ प्रदेश ∕ लुम्बिनी प्रदेश ∕ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु Karobarpati बिहीबार, २०७७ असोज ८ गते, १२:३४ मा प्रकाशित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए । यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए । लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए। क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै यस्तो छ आजको मौसम पूर्वानुमान अन्तर्वार्ता : गठबन्धनले हामीलाई केही फरक पर्दैन स्थानीय तहमा दलित महिलालाई काम गर्न कठिन छ,मलाई अनुमति दिएको सैवाधानिक व्यवस्थाले मात्र हो बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै यस्तो छ आजको मौसम पूर्वानुमान अन्तर्वार्ता : गठबन्धनले हामीलाई केही फरक पर्दैन स्थानीय तहमा दलित महिलालाई काम गर्न कठिन छ,मलाई अनुमति दिएको सैवाधानिक व्यवस्थाले मात्र हो