गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै Karobarpati मंगलबार, २०७७ असोज ६ गते, २०:१३ मा प्रकाशित काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांशक कम्पनीको सेयर मूल्य घटेको छ । दोस्रो दिन लगातार लगानीकर्ताले नाफा बुक गर्ने क्रम कायम रहँदा नेप्से परिसूचक आज २२.९१ अंकले ओरालो लागेको हो । नेप्सेका अनुसार मंगलबार कारोबारमा आएका १५५ कम्पनीको मूल्य घटे भने १२ कम्पनीको मूल्य मात्र बढे । पछिल्लो समय सेयर बजार निरन्तर बरिहेकामा हिजो र आज केही करेक्सन देखिएको हो । बजार १.४६ प्रतिशतले घट्दा कारोबार रकममा कमी आएको छैन । आज दिनभर २ अर्ब ८१ करोड २८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर किनबेच भए । सोक्रममा १ सय ९९ कम्पनीका ७८ लाख ५६ हजार कित्ता सेयरको ४८ हजार कारोबार भयो । मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको परिसूचक बीचमा केही सुधारिने प्रयास गरे पनि अन्तिमसम्मै ऋणात्मक रह्यो । कारोबारमा आएका ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले ओरालो लाग्ने क्रमले अन्तिमसम्मै निरन्तरता पायो जसमध्ये लिबर्टी इनर्जी कम्पनीको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले गिरावट आयो । घलेम्दी हाइड्रो र युनाइटेड मोदीको मूल्य पनि करिब १० प्रतिशतले घटे । बढ्नेमा युनाइटेड फाइनान्सको मूल्य सर्वाधिक १५ रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ आज कुनै पनि समूह बढेनन् । जसमध्ये विकास बैंक र जलविद्युत् समूह सर्वाधिक क्रमशः २.१६ र २.०८ प्रतिशतले ओरालो लागे । बैंकिङ समूहमा १.७७ र वित्त समूहमा १.६७ प्रतिशतको गिरावट आयो । परिसूचकका आधारमा निर्जीवन बिमा समूह सर्वाधिक ११२.६६ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ । नेप्से घट्दा बजारको कुल पुँजीकरण २० खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?