गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग Karobarpati बुधबार, २०७८ जेठ १९ गते, ०८:२८ मा प्रकाशित काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन । फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १ करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ जानकारी गराएको छ । यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु. ५८ हजारका दरले करिव ६० लाख राहत उपलब्ध गराएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ/संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने गरेको छ । क्याटेगोरी : कर्पोरेट ट्याग : #आइएमई फाउन्डेसन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने