गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा Karobarpati शुक्रबार, २०८० माघ २६ गते, ०९:२१ मा प्रकाशित काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ। पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ। क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन… धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार