काठमाडौं । कुमारी बैंक र सिद्वार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।
दुवै बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रि गर्ने निवेदन दिएकाले दुवै बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएका हुन ।
कुमारी बैकले ३ लाख ७९ हजार ७९५ कित्ता र सिद्वार्थ बैकले ३ लाख कित्ता संस्थापक सेयर बिक्रिमा राखेको छ । दुवै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिई सक्नुपर्ने छ ।
कुमारीका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा लाजिम्पाटस्थित बैंककोे केन्द्रिय कार्यालयमा आइपग्ने गरी आवेदन पेस गर्नुपर्ने छ ।
त्यस्तै, सिद्वार्थका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न काठमाडौंको हात्तीहारस्थित बैंककोे केन्द्रिय कार्यालयमा आइपग्ने गरी आवेदन पेस गर्नुपर्ने छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडी बढाउने दुवै बैंकले जनाएका छन् ।