गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम Karobarpati आईतबार, २०८० साउन १४ गते, १६:२२ मा प्रकाशित काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । अपांगता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग एसोसिएट् विनय अधिकारीले गरेका थिए । कार्यक्रम पुँजीबजारमा सुरुआती प्रवेश के-कसरी गर्ने ? मेरो सेयर के-कसरी चलाउने ? सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम संचालन गरिएको हो । शारीरिक तथा मानसिक कमी-कमजोरी भई अपांगता भएका “क” तथा “ख” वर्गका अपांगता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिए । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #प्रभु क्यापिटल लिमिटेड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप