गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढ्यो Karobarpati शनिबार, २०७७ फागुन १ गते, २०:४४ मा प्रकाशित काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाशिक ६० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल बीमा शुल्क २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले गत वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ९५.०९ प्रतिशतले बृद्धि गरेको छ। इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा १२५ प्रतिशतले उल्लेखनीय बृद्धि गर्न सफल भएको छ। यसै अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा तीन करोड ५८ लाख रुपैयाँ थियो। प्रभु लाइफले चालु आथिक बर्षको ६ महिनामा १ करोड १३ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीबाट अभिकर्ताले ९ करोड ९५ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। अहिले सम्म कम्पनीको सक्रिय बीमालेखको संख्या एक लाख ६१ हजार वटा छन्। कम्पनीले बीमितलाई ९१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ। प्रभु लाइफको बोनसदर न्युनतम प्रतिहजार ३० रुपैयादेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ। बीमाङ्कीय मूल्याङ्कन पछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ। कर्जा लगानी तथा अन्य आम्दानी बापत कम्पनीले ७ करोड ५० लाख रुपैयाँ आय गर्न सफल भएको छ। क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा कांग्रेस नेतृ डिला संग्रौला भन्छिन् – सिरोहिया पक्राउले प्रेस स्वतन्त्रताको हनन भो देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा कांग्रेस नेतृ डिला संग्रौला भन्छिन् – सिरोहिया पक्राउले प्रेस स्वतन्त्रताको हनन भो