गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाल उद्योग परिसंघको आग्रह विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाल उद्योग परिसंघको आग्रह Karobarpati मंगलबार, २०७९ पुस १९ गते, १६:०६ मा प्रकाशित काठमाडौं- नेपाल उद्योग परिसंघ टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ । परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले बताए । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए । उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको Rebooting Nepalese Economy अवधारणा उपप्रधानमन्त्री श्रेष्ठसमक्ष पेस गरेका थिए । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याहरुको समाधान गर्दै अगाडि बढ्ने उल्लेख गरे । ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटवार्तामा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष सुशीलकुमार श्रेष्ठ सहभागी थिए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान