२०८२ वैशाख २५, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमासिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते

सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते


काठमाडौं । सिद्वार्थ इन्स्योरेन्सको २१ औं बार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको १९५ औं बैठकले २१ औं बार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बस्ने निणर्य गरेको हो ।

त्यस्तै उक्त बैंठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत (बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रिमियर इन्स्योरेन्स सँग मर्जर सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ । मर्जरपछि बन्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ राख्ने प्रस्तावलाई पनि सभाले पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ