काठमाडाैं । नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । आज नेप्से ३.८३ अंकले बढेर १८५८.८९ मा पुगेर बन्द भएको छ ।
आजको दिन सेयर बजारमा २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर रु ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा किनबेच भयो ।सेयर बजारमा आज आज ४ उपसमूहको शेयरको मूल्य घट्यो भने बाकी ९ उपसमूहको शेयर मूल्यमा भने बढेको छ ।
त्यस्तै शेयर बजारमा प्राइम बैंकको शेयर ६ करोड ९३ लाख ४३ हजार १०३ मूल्यमा कारोबार भई कारोबारका आधारमा शीर्ष स्थानमा रयो ।
त्यस्तै फरवार्ड माइक्रोफाइनान्स ५ करोड ४९ लाख ४२ हजार ,हिमालयन डिस्टिलरी ४ करोड २७ लाख ९० हजार, नेपाल दूरसञ्चार कम्पनी ३ करोड ७६ लाख ६४ हजार र पिपल्स हाइड्रोपावरको ३ करोड २८ लाख १८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
आज धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त ६.०८, सिवाइसी नेपाल लघुवित्त ५.९८, नवील ब्यालेन्स फण्ड दोस्रो ५.९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रोपावर ७.९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ७.७२, फरवार्ड माइक्रोफाइनान्स ६.७६, पिपल्स हाइड्रोपावर ६.०४र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ५.६४ प्रतिशतले गुमाएका छन् ।