२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारकालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १४ मंसिर आईपीओ निष्कासन गरेको थियो ।

 

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाको २ प्रतिशतले हुन आउने १ करोड २० रुपैयाँ बारबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

त्यस्तै सर्वसाधारणका लागि निष्काशन हुने १० लाख ८० हजार कित्ता मध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरले न्यूनतम १० कित्ता देखि ४ हजार ९९० कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरले न्यूनतम १० कित्ता देखि १० हजार ८०० कित्ताका लागि आवदेन दिन पाउनेछन् ।

 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंंकिङ लिमिटेडका रहेको छ  ।

 

स्थानीय बासिन्दाले कालिञ्चोक दर्शनको कार्यालय, मेगा बैंकका शाखाहरु काटाकुटी बाघखोर, चरीकोटा र मैनापोखरी तथा सेन्चुरी बैंकको सिंगटी शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

 

स्थानीय बासिन्दाहरुले अनलाइनबाट पनि आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ। यसै गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नेपाल धितोपत्र स्वीकृत प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका ताकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

 

आवेदनकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् भने दोलखा जिल्लास्थित मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आइपीओको आवेदन दिन सकिनेछ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ