२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर १८९९.७० बिन्दुमा पुगेको छ ।

आज २४८ कम्पनीका २० लाख ५८ हजार ५१० कित्ता सेयर ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सेयर बजारमा १३ उपसमुह मध्ये जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमाका सेयर बढेका छन्  भने अन्य सबै उपसमुहका परिसूचक भने घटेका छन् ।

मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सान्जेन जलविद्युत कम्पनी ७.७३ प्रतिशत , नबिल ब्यालेन्स्ड फण्डको ६.२३ प्रतिशत , माथिल्लो तामाकोशीको ५.११ प्रतिशतले बढेको छ ।

आज सेयरबाजरमा तेह्रथुम पावर कम्पनीको सेयरको मूल्य ३.२९ प्रतिशत ,सिंगटी हाइड्रोको ३.१ प्रतिशत , अरुण कावेली पावरको २.२८ प्रतिशत , इन्फिनिटी लघुवित्तको २.२२ प्रतिशतले घटेको छ ।

आजको दिन बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक रर्यो । नबिलको ७ करोड १७ लाख ५६ हजार, नेपाल टेलिकमको ६ करोड ३ लाख , समिट लघुवित्त वित्तको ४ करोड ६९ लाख , नेपाल बैंकको ३ करोड ५१ लाख , माथिल्लो तामाकोशी जलविद्युतको २ करोड ९९ लाखमा सेयर किनबेच भयो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ