२०८२ कात्तिक २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रहाथवे इन्भेष्टमेन्ट कम्पनीले बोलायो एजीएम

हाथवे इन्भेष्टमेन्ट कम्पनीले बोलायो एजीएम


काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको ४ असोजमा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले २८ असोजमा साधारण सभा बोलाएको छ । सभा एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ